काठमाडौँ-सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले बचत परिचालनको लागि सहकारी नै आवश्यक नभएको बताउनु भएको छ।
मंगलवार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताउनु भएको हो। उहाँले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताउनु भयो।
उहाँले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले वचत तथा ऋण सहकारी धेरै भएको बताउनु भयो। सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताउनु भयो।
सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको उहाँको भनाई छ। उहाँले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताउनु भयो ।
बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७/०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको उहाँको भनाई छ।
उहाँले काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताउनु भयो। उहाँले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाभमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताउनु भयो।
सभापति थापाले सहकारीमा १४ करोडसम्म बचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानूनी भएको स्पष्ट पार्नुभयो।
प्रतिक्रिया