अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रियस्तर ब्रान्डको पाँचतारे होटल उद्‌घाटन

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रियस्तर ब्रान्डको पाँचतारे होटल उद्‌घाटन


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको आज उद्घाटन गर्नुभएको छ।

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालामा आएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाउनुभयो।

एबी होल्डिङ्सअन्तर्गतको कम्पनी मेट्रोपोलिटियन होटलको व्यवस्थापन फ्रान्सको एकोर ग्रुपले लिएको छ। होटल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको एबी होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेत हुन्।

११ तलाको भवन रहेको यस होटलमा १०४ वटा कोठा छन्। जसमध्ये १०औँ र ११औँ तल्लामा जिम, स्टिम, साउनालगायत फिटनेसका लागि छुट्याइएको छ।