अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले मुख्यालय कार्यालय जलमग्न

एमाले मुख्यालय कार्यालय जलमग्न


काठमाडौं-गएरातिको अविरल वर्षाका कारण ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा बाढी पसेको छ।

च्यासलस्थित मनहरा खोलामा आएको बाढीले एमाले मुख्यालय परिसर जलमग्न भएको हो।

पार्टी कार्यालयको हाताभित्र बाढी पस्दा क्षति पुगेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभएको छ। उपमहासचिव रिमालले पार्टी कार्यालयमा फेरि बाढी पसेको भन्दै फेसबुकमा एक भिडिओ सेयर गर्नुभएको हो।

गएरातिको भारी वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न भएका छन्।