अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त


काठमाडौं-नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त हुनुभएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। उहाँहरूलाई मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यको स्थानमा नियुक्त गरेको हो।

यसअघि पुन र आचार्यलाई मन्त्रालयले स्पष्टीकरण चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो। पुन र आचार्य उद्योगीले डडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने पर्ने अडानमा हुनुहुन्थ्यो । त्यही विषयमा मन्त्रालयले उहाँहरू स्पष्टीकरण सोधेर पदमुक्त गरेको हो।