अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा अध्ययनरत भोजपुरकी मुना पाण्डेको गोली हानी हत्या

अमेरिकामा अध्ययनरत भोजपुरकी मुना पाण्डेको गोली हानी हत्या


काठमाडौं-अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ। भोजपुर घर भएकी  २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको हो। 

घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिएकी हुन्।  

उनको छातीमा गोली लागेको नेप्योर्कले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ। समाचारमा जनाइएअनुसार प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो। अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लाश भएको जानकारी दिएको थियो। त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो।

मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो। तर उनको फोन भने फेला परेको छैन। नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन्। २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन्। यसअघि टेक्ससमै अर्का एक नेपाली दीपक वलीको पनि गोली हानी हत्या गरिएको थियो।