काठमाडौं- केही दिन अघि सङ्घीय संसदमा साँसद एलपी साँवाले डायस्पोरामा रहेका नेपालीहरूका बारेमा एउटा नयाँ तथ्य उजागर गर्नुभयो। कमैले सुनेको ओरिजिन अफ नेपाली पिपुल (पिएनओ)का बारेमा साँवाले संसद्को विशेष समयमा केही तथ्यहरू व्यक्त गरेपछि त्यसको विषयमा खोजीनिती सुरु भएको छ।
नेपाली युवाहरूको गोर्खा भर्ती सन् १८१४ मा नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनी बीचको सुगौली सन्धी भएको दुई वर्ष पछि सन् १८१६ मा सुरु भएको हो। तर नेपाली युवाहरूको बहादुरीका बारेमा जानकार अंग्रेजले अनौपचारिक रूपमा ठूलो संख्यामा नेपालीहरू आफ्नो भर्तीमा लैजाने गरेको तथ्य साँवाले संसदमा पेश गर्नुभएको छ।
पहिलो विश्वयुद्धमा करिब १ लाख १४ हजार ८५० नेपाली गोरखा सैनिक रुपमा भर्ती भएका थियो। तर सन् १९३९ देखि २०४५ सम्म भएको दोस्रो विश्वयुद्धमा यो संख्या ह्वात्तै बढ्यो। साँवाले संसदमा पेश गरेको तथ्यांक अनुसार उक्त समयमा करिब २ लाख नेपालीहरु युद्धमा सामेल हुन बेलायतको पक्षमा लाहुरे बनाएर पठाइए। त्यसबेलाको फौजी भर्ना अहिलेको जस्तो स्वेच्छाले नभइ राणाहरुले जबरजस्त रुपमा नेपाली युवाहरुलाई लाहुरे हुन र ब्रिटिसको पक्षमा युद्ध लड्न पठाएका थिए। सो युद्धमा ९ हजार नेपाली युवाहरु मारिए। करिब २० हजार युवाहरु घाइते र अपाङ्ग भए। उनीहरु स्वदेश फर्कन सकेनन्। जसका कारण युद्धको समाप्त हुँदा जहाँ जहाँ थिए त्यही देशमा आश्रय लिएर बस्न बाध्य भए। यसरी बसेकाहरु कोही मलेसियामा, कोही वर्मामा, कोही थाइलेण्डमा र कोही फिजीमा बसे। यीनै पूर्व गोर्खाहरु अहिले पिएनओ अर्थात् नेपाल मुलका नेपाली भनेर चिनिने गरेको साँसद साँवाले संसदलाई जानकारी गराउनु भएको छ। साँवाका अनुसार नेपालको सबैभन्दा पुरानो डायस्पोरा समाज नै यही हो।
पाँच/छ पुस्तासम्म उत्तै बसेका पिएनओहरुलाई कुनै देशले नेपाली भनेर कुनै देशले गोरखा भनेर नागरिकता र ग्रीन कार्ड दिएको छ। ‘पिएनओहरुले नेपाली नागरिकता खोजेको होइन, उनीहरुले नेपालको विकासमा योगदान खोजेका छन्’ साँवाले भन्नुभयो, ‘उनीहरु गैर आवासीय नेपालीको हैसियतमा चाहन्छन् तर नेपाल सरकारबाट उनीहरुलाई त्यो हैसियत दिइएको छैन। उनीहरुलाई गैर आवासीय नेपाली (एआरएन) को हैसियत दिनु पर्दछ भन्ने माग गर्न चाहन्छु।’
साँवाले पिएनओ र भूपू गोरखाका बारेमा संसदमा व्यक्त गरेको मन्तव्य यस प्रकार छः
प्रतिक्रिया