अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म शैक्षिक कर्जा दिने

उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म शैक्षिक कर्जा दिने


काठमाडौँ-राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ। बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो।

राष्ट्रिय वाणिज्य बैंक (RBB)को शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु.५ लाखदेखि रु१ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ। बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ।

साथै थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।