अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा एमालेमा प्रवेश गर्नेको लहर

उदयपुरको त्रियुगामा माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश

उदयपुरको त्रियुगामा माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश


उदयपुर-पछिल्लो समय उदयपुरमा अन्य पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ।  मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै समाजमा स्थापित नेता-कार्यकर्ताहरु धमाधम एमाले प्रवेश गर्न थालेका हुन्।

यही क्रममा नेकपा माओवादी केन्द्रका त्रियुगा नगरकमिटी सदस्य तथा वडा ईन्चार्ज गोविन्द खडका, वडा सदस्य तेजबहादुर मगर, स्थानीय बैनेश्वर राई, महन प्रसाद घिमिरे, बिनोद दाहाल एमालेमा प्रवेस गर्नुभएको छ।

माओवादी केन्द्रको वर्तमान नीति र सिद्धान्तको कारणले देश अस्थिरता तर्फ गएको र कम्युनिष्टहरुको केन्द्र नेकपा एमाले रहेको ठहर गर्दै आफूले एमाले रोजेको नवप्रवेसी गोविन्द खड्काले जानकारी दिनुभयो।

उहाँहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र इन्चार्ज अम्बिका थापा, नेकपा एमाले केन्द्रीय सल्लाकार सदस्य वैकुण्ठ दाहाल, नेकपा एमाले प्रदेश सचिवालय सदस्य ईश्वरमणी राउत, एमाले उदयपुर अध्यक्ष भागवत राउत लगायतका नेताहरूले अबिर तथा खादा लगाएर लगायतले स्वागत गर्नुभयो।

यसअघि पनि त्रियुगा नगरपालिका वड-८ मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए। २०८१ जेठ ४ गते शुक्रवार माओवादी केन्द्रका त्रियुगा नगर कमिटि सचिवालय सदस्य तथा वडा-८ का इन्चार्ज समेत रहेका प्रलाद खड्कासहित १४ जना एमाले प्रवेश गर्नुभएको थियो। राजेश खड्का, संदेश कार्की, स्टोपिन खड्का, मनोज कार्की, सन्जेश खड्का, दिवस दनुवार, दिनेश कटवाल, प्रदिप दनुवार, अनिश दनुवार, सुशील कार्की, प्रदिप राउत, सुजन राउत र राजन कार्की एमालेमा प्रवेश गर्नुभएको थियो।

उहाँहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य मन्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश सचिवालय सदस्य ईश्वरमणी राउत, प्रदेश सदस्य सृजना तामाङ्ग, सिता पौडेल, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, उपसचिव हेम खड्का, गङ्गाराई लगायतले स्वागत गर्नुभएको थियो।

त्यसैगरी २०८१ भाद्र २० गते विभिन्न पार्टी परित्याग गरी ५० जना भन्दा बढी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका थिए। त्रियुगा नगरपालिका-९ गैरुनमा आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी लगायतका पार्टी परित्याग गरी ५० जना भन्दा बढी स्थानीय युवाहरू एमालेमा प्रवेश गर्नुभएको थियो। उहाँहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र इन्चार्ज अम्बिका थापा, नेकपा एमाले केन्द्रीय सल्लाकार सदस्य वैकुण्ठ दाहाल, एमाले उदयपुर अध्यक्ष भागवत राउत लगायतका नेताहरूले अबिर तथा खादा लगाएर लगायतले स्वागत गर्नुभएको थियो।

त्यस्तै लिम्चुङबुङ गाउँपालिका वडा-३ मा वडा नै रित्तिने गरी माओवादी र कांग्रेसका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए। नेकपा माओवादी केन्द्रका राष्ट्रिय शेर्पा मुक्ति मोर्चाको केन्द्रीय सदस्य गन्जु शेर्पासहित २७ र नेपाली कांग्रेसका १४  गरी ४१ जना नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको थियो।

यसैगरी चौदण्डीगढी नगरपालिका वडा-४ मा जसपा र नेपाली कांग्रेस र माओवादी केन्द्रका सिंगो गाउँ नै एमालेमा प्रवेस गरेका थिए।

नेपालमा धेरै पार्टी जन्मिए पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान अन्य पार्टीबाट हुन नसक्ने भन्दै आफूहरूले नेकपा एमाले रोजेको प्रतिक्रिया दिनु भएको छ।

देशमा लोकतन्त्रको रक्षा गर्न, देशलाई समृद्ध बनाउन एमालेको नेतृत्व आवश्यक रहेकोले आफूहरू एमाले प्रवेश गरेको उहाँहरूले बताउनु भयो। उहाँहरूले एमालेले निष्ठाको राजनीति गरेको भन्दै अब निष्ठाको राजनीति नगर्ने दलको पछि लागे आफ्नू मात्र नभएर सन्ततिकै भविष्य बरबाद हुने भएकोले पनि एमाले पार्टी रोजेको बताउनु भयो।