अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ

उदयपुरमा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ

त्रियुगा-८ मा माओवादी र कांग्रेस परित्याग गरी एमालेमा प्रवेश


उदयपुर-उदयपुरमा नेकपा माओवादी र नेपाली कांग्रेस परित्याग गरी धमाधम एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ। त्रियुगा नगरपालिका वडा नम्बर ८ मा माओवादी र कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको छ। यसअघि लिम्चुङबुङ गाउँपालिका वडा–३ मा वडा नै रित्तिने गरी माओवादी र कांग्रेसका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

शुक्रवार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका त्रियुगा नगर कमिटि सचिवालय सदस्य तथा वडा-८ का इन्चार्ज समेत रहेका प्रलाद खड्कासहित १४ जना एमाले प्रवेश गरेका हुन्। एमाले प्रवेश गर्नेहरुमा राजेश खड्का, संदेश कार्की, स्टोपिन खड्का, मनोज कार्की, सन्जेश खड्का, दिवस दनुवार, दिनेश कटवाल, प्रदिप दनुवार, अनिश दनुवार, सुशील कार्की, प्रदिप राउत, सुजन राउत र राजन कार्की रहेका छन्।

उहाँहरु स्थानीय नेताहरु इश्वर खड्का, मेख बहादुर भट्टराई, नवराज कार्कीको पहलमा एमाले प्रवेश गरेको एमाले उदयपुरले जनाएको छ। उदयपुरको निर्वाचन क्षेत्र १ (२) को बैठकमा उहाँहरु एमाले प्रवेश गरेका हुन्।

उहाँहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य मन्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश सचिवालय सदस्य ईश्वरमणी राउत, प्रदेश सदस्य सृजना तामाङ्ग, सिता पौडेल, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, उपसचिव हेम खड्का, गङ्गाराई लगायतले स्वागत गर्नुभयो।

देशमा लोकतन्त्रको रक्षा गर्न, देशलाई समृद्ध बनाउन एमालेको नेतृत्व आवस्यक रहेकोले आफुहरु एमाले प्रवेश उहाँहरुले बताउनु भयो। उहाँहरुले एमालेले निष्ठाको राजनीति गरेको भन्दै अब निष्ठाको राजनीति नगर्ने दलको पछि लागे आफ्नू मात्र नभएर सन्ततिकै भविश्य बर्बाद हुने भएकोले पनि एमाले पार्टी रोजेको बताउनु भयो।