काठमाडौं-सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई राना मगरलाई हटाउने तयारी गरेका छन्।
‘पद अनुकुल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ लाई टेकेर सत्तारुढ दलले उपसभामुख राना मगरलाई हटाउने तयारी थालेका हुन्।
प्रक्रिया पूरा गरेर सम्भवतः आजै प्रस्ताव दर्ता हुने एक स्रोतले बताए ।
सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिक छलफल थालेको छ। सत्तारुढ दलमा यो विषयमा छलफल भएपछि मंगलबार संसद् बैठकअघि पार्टीमा अनौपचारिक छलफल गर्न लागिएको प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो।
प्रतिक्रिया