अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जनताको हित र न्यायको लागि एमालेले जित्नु पर्छ: ईश्वर पोखरेल

जनताको हित र न्यायको लागि एमालेले जित्नु पर्छ: ईश्वर पोखरेल


काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले गौरवपूर्ण इतिहास र देश निर्माणको मार्गचित्र बोकेको पार्टी भएको बताउनुभएको छ। 

आज दैलेखको दुल्लु नगरपालिका-१३ मा आयोजित मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको अन्तिम जनसभालाई सम्बोधन गर्दै पोखरेलले नेकपा एमाले आफ्नो संगठनको बलमा अघि बढेको पार्टी भएको स्पष्ट पार्नुभयो। एमाले देशमा गर्नुपर्ने काम किटान गरेर अघि बढेको पार्टी भएको नेता पोखरेलले बताउनुभयो। 

हिजो अरू सबै एकातिर र एमाले एकातिर हुँदा पनि चुनाव लडेर चुनाव जितेको पार्टी एमाले भएको पोखरेलले स्मरण गराउनुभयो। अहिले स्थिति फेरिएको बताउँदै उहाँले अहिले सबै आफ्नै शक्तिमा चुनावी मैदानमा रहेका र एमाले हिजोभन्दा थप बलियो भएको दाबी गर्नुभयो। ‘एमाले हिजोभन्दा मजबुत भएको छ, सबल भएको छ’, पोखरेलले भन्नुभयो। 

नेता पोखरेलले एमाले अनियमितता र भ्रष्टाचारको विरुद्ध उभिने बताउनुभयो। ‘जनताको हितको लागि एमाले जित्नु पर्छ, न्यायको लागि जित्नु पर्छ, सही कुराको लागि जित्नु पर्छ’, उहाँले भन्नुभयो। 

एमालेको विरुद्ध अनेक खालका शक्ति लागेका भएपनि एमाले नडग्ने उहाँले बताउनुभयो। एमाले डग्नेवाला छैन, एमाले हल्लिनेवाला छैन, हिजो एमालेलाई भित्तामा टँसाइदिन्छु भन्ने थिए तर एमाले सबैभन्दा सबल बनेर निस्कियो, ती सबै कुरा भत्किए, अब स्थिति फेरिएको छ’, पोखरेलले भन्नुभयो।