अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजीनामा दिएर मार्ग प्रशस्त गर्न उपसभामुख रानालाई महेश बर्तौलाको आग्रह

राजीनामा दिएर मार्ग प्रशस्त गर्न उपसभामुख रानालाई महेश बर्तौलाको आग्रह


काठमाडौं-सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा राना मगरले कूटनीतिक मर्यादाविपरीत पत्राचार गरेको र यो पदअनुकूल नभएको कारण राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनु भयो।

उपसभामुख रानाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु नैतिकतायुक्त व्यवहार हुने बर्तौलाले बताउनु भयो। ‘वास्तवमा मार्गप्रशस्त गरेर नैतिकतायुक्त व्यवहार प्रदर्शन गर्ने कुरा बढी हितकर हुन्छ। उहाँले जति ढिला गर्नुहुन्छ, त्यति नै समस्या बढ्दै जान्छ,’ बर्तौलाले भन्नुभयो।

नेता बर्तौलाले संसदीय मर्यादा विपरित उपसभामुख रानाले काम गरेको भन्दै पदीय जिम्मेवारीबाट हट्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, ‘यो संसद्मा माननीयले उठाएको विषय हो। सत्तासिन दलहरूले यस्तो गर्न खोज्ने भन्ने आउन खोजेको छ। यो होइन। संसदले संसदीय मर्यादा कायम राख्ने कुरामा अहिलेसम्म सरकार पक्ष जिम्मेवार छ। संसदीय मर्यादालाई कसैले च्युत गर्न पाउँदैन। पदीय जिम्मेवारी लिनुपर्छ।’

‘पद अनुकुल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ लाई टेकेर सत्तारुढ दलले उपसभामुख राना मगरलाई हटाउने तयारी थालेका हुन्।