काठमाडौं-सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास यसअघि नभएको दाबी गरेको छ। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यसबारे प्रष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद छ।’
रास्वपा र माओवादी केन्द्र आफैँले संसद्मा यो विषय उठाएपछि आफूहरूले प्रतिवाद मात्रै गरेको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो।’
प्रतिक्रिया