अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमाथि भइरहेको हमलाको जवाफ उपचुनावको माध्यमबाट कीर्तिपुरका जनताले दिनुपर्छः महासचिव पोखरेल

एमालेमाथि भइरहेको हमलाको जवाफ उपचुनावको माध्यमबाट कीर्तिपुरका जनताले दिनुपर्छः महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको स्वाधीनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा एमाले उभिएका बेला निरन्तर प्रहार भइरहेको भन्दै त्यसको जवाफ एमालेका पक्षमा मतदान गरेर कीर्तिपुरका जनताले दिनुपर्ने बताउनुभएको छ।

आज कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यही मंसीर १६ गते उपनिर्वाचनमा एमालेका पक्षमा मतदान गरेर कीर्तिपुरका जनताले देशको पक्षमा रहेको सन्देश दिनुपर्ने तर्क गर्नुभयो। उहाँले एमालेको अगुवाइमा नेपाली सांस्कृतिक जागरणको नेतृत्व गर्ने थलो कीर्तिपुर भएको बताउनु भयो ।

देशमा आन्दोलन हुँदा, देशका सीमाहरू मिचिँदा देशको स्वाधीनता र स्वाभिमानमाथि हमला हमला हुँदा कीर्तिपुर सधैँ अगाडि आउने गरेको उहाँले बताउनु भयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘कीर्तिपुर सधैं देशभक्तिपूर्ण आन्दोलनको केन्द्रका रूपमा रह्यो। जतिबेला देशमा आन्दोलन हुने गर्दछ, देशका सीमाहरू मिचिने गर्दछन्, नेपालको स्वाधीनता र स्वाभिमानमाथि हमला हुने गर्दछ, त्यतिबेला कीर्तिपुर जुरुक्क उठ्ने गर्दछ। देश, राष्ट्रियता र स्वाधीनताका पक्षमा उभिने कीर्तिपुरको परम्परा रहेको छ। यो देशको स्वाधीनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा नेकपा एमाले उभिएका बेला जुन प्रकारको हमला भइरहेको छ, त्यो हमलाको जवाफ अब कीर्तिपुरका जनताले दिनुपर्दछ। कीर्तिपुर देशभक्तहरूको कीर्तिपुर हो। देशका पक्षमा कीर्तिपुर उभिन्छ भन्ने कुराको सन्देश यो उपचुनावको माध्यमबाट कीर्तिपुरले दिनुपर्दछ। नेपाली सांस्कृतिक जागरणको नेतृत्व समेत भएको थलो कीर्तिपुर हो। सांस्कृतिक जागरणको अभियानमा एमाले सधैँ साथमा रह्यो।’

मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन बलिया राजनीतिक दल आवश्यक रहेकाे बताउनु भयाे । उहाँले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको बताउनु भयाे । उहाँले बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा देश बनाउन युवाहरू राजनीतिमा आउन आवश्यक रहेको पनि बताउनु भयो।

हिजो अधिकारको लडाइँ लड्दा जति धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भए पनि अब विकासको काम गर्न बलिया र स्पष्ट दृष्टिकोण भएका राजनीतिक दल आवश्यक पर्ने पोखरेलका भनाइ छ। ‘विकास र समृद्धिको बाटोमा अघि बढ्न धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल आवश्यक पर्दछ’, उहाँले भन्नुभयो।

देश, राष्ट्रियता र स्वाधीनताका पक्षमा उभिने कीर्तिपुरको परम्परा रहेको छ। यो देशको स्वाधीनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा नेकपा एमाले उभिएका बेला जुन प्रकारको हमला भइरहेको छ, त्यो हमलाको जवाफ अब कीर्तिपुरका जनताले दिनुपर्दछ। कीर्तिपुर देशभक्तहरूको कीर्तिपुर हो। देशका पक्षमा कीर्तिपुर उभिन्छ भन्ने कुराको सन्देश यो उपचुनावको माध्यमबाट कीर्तिपुरले दिनुपर्दछ।

नेवारी संस्कृति, नेवारी भाषालाई राष्ट्रियस्तरमा स्थापित गर्नको लागि एमालेले गरेको अगुवाइ कीर्तिपुरको महत्त्वपूर्ण भूमिका र साथ रहेको रहेको उहाँको भनाइ थियो। कीर्तिपुरमा मेयर पदका एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार हुनुहुन्छ।

महासचिव पोखरेलले देश बनाउने हो भने अब युवा राजनीतिमा आउनु पर्ने बताउनुभयो। नेपालमा केही हुँदैन भन्दै युवा विदेश गएर देश नबन्ने उहाँले स्पष्ट पार्नुभयो । देश बनाउनको लागि देशमा नै बसेर काम गर्नुपर्ने पोखरेलको धारणा छ ।

जति बेला एमाले सरकारमा हुन्छ त्यति बेला युवाको विदेश पलायन घटेको उहाँले दाबी गर्नुभयो । ‘त्यसैले नेकपा एमाले युवालाई देशमा टिकाउने पार्टी भएको उहाँको दाबी छ। देशको स्वाभिमानको झण्डा उठाउन सक्ने एमाले, देशमा विकास र समृद्धिको काम गर्न सक्ने नेकपा एमाले’, पोखरेलले भन्नुभयो।

मुलुकको विकास र समृद्धिको यात्रा अघि बढाएर देशमा निराशा चिर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो। निराशालाई चिर्नको लागि नेकपा एमालेले कीर्तिपुरमा सुरेन्द्र मानन्धर जस्ता युवालाई चुनावी मैदानमा उतारेको उहाँले बताउनुभयो। ‘अब निराशाको समय सकियो, आशाको समय सुरु भएको छ’, उहाँले भन्नुभयो ।

Skip This