काठमाडौँ-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जानु हुने भएको छ। महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिनका लागि उहाँ क्यानडा जान लाग्नु भएको हो।
क्यानडाको कार्यक्रम सकाएर उहाँ उतैबाट अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। अमेरिकामा जारी संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि उहाँ जान लाग्न भएको हो।
सोही कार्यक्रममा भाग लिनका लागि नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि अमेरिका जाँदै हुनुहुन्छ।
प्रतिक्रिया