काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच विकास निर्माणका विभिन्न विषयमा छलफल भएको छ।
बुधबार मन्त्रालयमा उहाँहरुबीच विकाश निर्माण कार्य र सरकारका कामलाई कसरी जनमुखी र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो।
भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भईरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताउनुभयो। दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने भन्दै उहाँले नागरिकका अपेक्षा पूरा हुने गरी कार्य सम्पादनका लागि मन्त्री दाहाललाई शुभकामना समेत दिनुभयो। त्यस क्रममा उहाँले आफ्नौ पुख्र्यौली क्षेत्र काभ्रे जिल्लामा गर्नुपर्ने विभिन्न विकास निर्माणका बारे मन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । उहाँले पनौती नमोवुद्ध दाप्चा सडक, पनौती- नमोवुद्ध सडकमा पर्ने मीरा ट्रष्ट पर्ने सडक खण्ड निर्माणका लागि आवश्यक बजेट व्यस्था गरि दिन समेत मन्त्री दाहाललाई आग्रह गर्नु भयो।
मन्त्री दाहालले आवश्यकताका आधारमा श्रोत व्यवस्थान गर्न आफुले प्राथमिकता दिएको बताउनुभयो। अहिले मुख्य दुई ठुला दल सहितको सरकार बनेकाले यो दिगो र बलियो सरकार रहेको पनि बताउनुभयो।
प्रतिक्रिया