अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्च देशकै उत्कृष्ट कमिटी

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्च देशकै उत्कृष्ट कमिटी


काठमाडौं-नेकपा एमालेको रामेछाप-काठमाडौं सम्पर्क मञ्च कार्ययोजना अनुसार काम गर्ने देशकै उत्कृष्ट कमिटी बन्न सफल भएको छ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीले सबै जिल्लका सम्पर्क कमिटीको २०७८-०८० मा गरेको कामका आधारमा रामेछाप-काठमाडौं सम्पर्क मञ्च प्रथम भएको हो। हिजो शनिवार तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासल ललितपुरमा भएको कार्यक्रममा सो घोषणा गरिएको हो।

मञ्चको मूल्यांकन कमिटीका सहसंयोजक ठानेश्वर बस्यालको संयोजकत्वमा गठित मूल्यांकन कमिटीले ७४ जिल्ला सम्पर्क मञ्च तथा सात प्रदेश सम्पर्क कमिटीको कामको आधारमा मूल्यांकन गरेको थियो। सो मूल्यांकनमा रामेछाप-काठमाडौँ सम्पर्क मञ्च जिल्ला सम्पर्क मञ्चहरूमा प्रथम भएको हो। त्यस्तै गुल्मी-काठमाडौँ सम्पर्क मञ्च द्वितीय र ओखलढुङ्गा-काठमाडौँ सम्पर्क मञ्चले तृतियस्थान प्राप्त गरेका छन्।

सात प्रदेशहरूमा प्रथम स्थान वाग्मती प्रदेश सम्पर्क कमिटीले प्राप्त गर्दा लुम्बिनी प्रदेश सम्पर्क कमिटी द्वितीय र कोशी प्रदेश सम्पर्क कमिटी तृतीय भएका छन्।

सम्पर्क समन्वय कमिटी संयोजक श्यामकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम पार्टी उपाध्यक्ष युवराज ज्ञवाली प्रमुख अतिथि तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य विशेष अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा उत्कृष्ट हुने जिल्ला सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई प्रमुख अतिथि, विशेष अतिथि, सम्पर्क समन्वयका इन्चार्ज, संयोजक लगायतले प्रमाणपत्र र मेडलद्वारा सम्मान गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ज्ञवाली, विशेष अतिथि शाक्य, स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डितले बधाई तथा शुभकामना दिनुभएको थियो।