अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्च कोशी प्रदेशमा उत्कृष्ट घोषणा

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्च कोशी प्रदेशमा उत्कृष्ट घोषणा


काठमाडौं-नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्च २०७८–०८० नवराज रोका नेतृत्वको कार्यकाल उत्कृष्ट दोस्रोमा सम्मानित भएको छ।

नेकपा एमाले प्रदेश सम्पर्क समन्वय कमिटीले कोशी प्रदेशका १४ वटा सम्पर्क मञ्चहरुको कार्य सम्पादन मूल्यांकन गर्दा रोका नेतृत्वको एमाले खोटाङ-काठमाडौं सम्पर्क कार्यकाल उत्कृष्ट दोस्रोमा पर्न सफल भएको हो।

रोका नेतृत्वको कार्यकाल उत्कृष्ट दोस्रोमा पर्न सफल भएकाले आज एक समारोहका बीच सम्मान पत्र हस्तान्तरण भएको हो

नेकपा एमालेको केन्द्रीय कार्यालय तुलसीलाल स्मृती भवन च्यासलमा आयोजित दशैं, तिहार, छठ, ल्होसार, इद लगायतको शुभकामना आदान-प्रदान,सम्मान एवं मूल्यांकन घोषणा कार्यक्रममा नेकपा एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष एवं काेशी प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य नबराज रोकालाई सम्मान पत्र हस्तान्तरण गरिएको हो।

राजनीतिक, सांगठनिक, वैचारिक एवं रचनात्मक लगायतका कार्ययोजनामा उत्कृष्ट दोस्रो भएको मूल्यांकन गरी कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीबाट सम्मान पत्र हस्तान्तरण गरिएको हो।

श्याम कुमार बस्नेतको संयोजकत्वमा आयोजित कार्यक्रममा सम्पर्क सम्न्वय इन्चार्ज लाबाबु पण्डित, मूल्यांकन कमिटीका प्रमुख ठानेश्वर प्रसाद बस्याल लगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य उपश्थितीमा शुभकामना एवं सम्मान पत्र हस्तान्तरण भएको थियो ।

प्राप्त सम्मान पत्र  एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चका तत्कालिन अध्यक्ष राेका,   उपाध्यक्ष प्रतिमा बिष्ट, सचिवालय सदस्य राजकुमार कार्कीले,बर्तमान अध्यक्ष दिपक दाहाल एबं उपाध्यक्ष प्रशंसा अधिकारीलाइ आजै हस्तान्तरण गरेकाे  नेता राेकाले जानकारी दिनुभयाे  ।

डोनाल्ड ट्रम्पको हत्या प्रयास

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा आरोपितलाई सङ्घीय बन्दुक अपराधको अभियोग

सम्बन्धित खबरहरु