अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको छ: महासचिव पोखरेल

सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको छ: महासचिव पोखरेल


देउखुरी-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताउनुभएको छ। दाङको लमहीमा एमालेको लमही नगर अधिवेशनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो।

आफू सरकारमा हुँदा मनपरी गरेकाहरूले अहिले सरकार बाहिर भएपछि सरकारको विरोध गर्ने, घेराबन्दी गर्ने र अराजकता सिर्जना गर्ने प्रयास गरेको उहाँले बताउनु भयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘मुख्य दुई दलहरू मिलेपछि जनतामा देखिएको निराशा र कुण्डा अन्त्य भएको छ, अर्थतन्त्रका सकारात्मक परिवर्तन देखिन थालेका छन्, त्यस्तो बेलामा केहीले मन पराएका छैनन्।’

महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्य गर्न आवश्यकताअनुसारको संविधान संशोधन गर्ने योजनाका साथ ठुला दलहरू मिलेर सरकार बनाएको बताउनुभयो। आफूहरू मिल्नुको अर्थ मुलुकको उज्यालो यात्राका लागि भएको भन्दै यो मुलुकमा नीतिको बहस आवश्यक रहेको औँल्याउनुभयो।