अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ उपप्रधानमन्त्रीसँग अर्थमन्त्रीले भन्नुभयो: पोखरा र भैरहवा विमानस्थल चलाउन सघाउनुस्

चिनियाँ उपप्रधानमन्त्रीसँग अर्थमन्त्रीले भन्नुभयो: पोखरा र भैरहवा विमानस्थल चलाउन सघाउनुस्


काठमाडौँ-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ। भेटमा दुई देशबीच आपसी हित र सहयोगबारे छलफल भएको छ। 

अर्थमन्त्री पौडेलले चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान गर्न आग्रह गर्नुभएको छ। भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने बताउनु भयो।

उहाँले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई सघाउन अनुरोध गर्नुभयो। 

भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिएका छन् ।