अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपाध्यक्ष भएपछि काम गरेर देखाउँछु: उमा शेर्पा

उपाध्यक्ष भएपछि काम गरेर देखाउँछु: उमा शेर्पा


काठमाडौं- यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी उमा शेर्पाले गाउँपालिकाको विकास र जनताका भावना अनुसारकाे काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

निर्वाचनको प्रचार-प्रसार अभियानमा हिमाली गाउँ गौरीशंकरका विभिन्न बस्तीमा मतदातासँग सो कुरा बताउनु भएको हो। भेटघाटमा व्यस्त शेर्पाले आफू टेबुल ठटाएर नागरिक हितको काम गर्ने प्रतिबद्धता गर्नुभयाे। शेर्पाले भन्नुभयो, ‘पहिला मलाई गौरीशंकर गाउँपालिकाकाे उपाध्यक्षमा जिताउने काम तपाईहरुको हो। उपाध्यक्ष भएपछि तपाईँहरूलाई काम गरेर देखाउँछु, ढुक्क हुनुस्, त्यति हिम्मत छ मसँग, कमजोर छैन।’

शेर्पाले माओवादीले आफूलाई पैसावाला भनेर लगाएको आरोपको पनि खण्डन गर्नुभयो। ‘मैले लुटेर ल्याएको धन होइन, दुःख गरेर कमाएको सम्पत्ति हो, माओवादीहरूले त्यसमा आँखा लगाउनु पर्दैन।’ उहाँले भन्नुभयो। 

माओवादी नेता विशाल खड्काले आफूलाई उम्मेदवार नै नबन्नको लागि आफ्नो श्रीमान्लाई फोन गरेर आग्रह गरेको समेत उहाँले सुनाउनुभयो। ‘यदि म सक्षम नभएको भए म कमजोर भएको भए उनीहरूले फोन गरी नउठाइदिनुस् है भन्नु पर्ने नै थिएन, यसले म कति बलियो उम्मेदवार हो भन्ने पुष्टि गर्छ’, उहाँले भन्नुभयो।