अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सौर्य एयरलाइन्सले लासको व्यापार गरेको पीडित परिवारको आरोप: यात्रुको किर्ते हस्ताक्षर गरेर बिमा रकम कुम्ल्याउने दाउ

सौर्य एयरलाइन्सले लासको व्यापार गरेको पीडित परिवारको आरोप: यात्रुको किर्ते हस्ताक्षर गरेर बिमा रकम कुम्ल्याउने दाउ


काठमाडौं-साउन ९ भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका पिडित परिवारले छानविन आयेगको प्रतिवदेनमा आपत्ती जनाएका छन्। दुर्घटनामा छोरी, ज्वाँईं र नाति गुमाएका प्रकाशन खतिवडाले पत्रकार सम्मेलन गर्दै आयोगको १२ प्रतिवेदनमा १२ बुँदे आपत्ती प्रकट गर्नुभएको छ। खतिवडाले विमान कम्पनीले विमा रकम सुरक्षित गर्न आफ्नी छोरीको किर्ते हस्ताक्षर गरेर मरणोप्रान्त कलंकित गरेको आरोप लगाउनुभएको छ।

दुर्घटनामा खतिवडाकी छोरी प्रिजा,ज्वाँईं मुनराज र नाति अधिराजको निधन भएको थियो। आफ्ना सन्ततीका नाममा खतिवडाले म्याप सोसाइटी गठन गरेर सौर्य एयरलाइन्स र सरकारसँग दुर्घटनाको कारण,हवाइ उड्ययनमा भएको लापरवाही र कृते हस्ताक्षरको विषय उठाइरहनु भएको छ। ‘समय घर्किदै जादा घटना विर्सदै जाने, घटना बिर्सदै गर्दा पीडा पनि कम हुने’ यो प्रकृतिको सास्वत नियम हो ’ खतिवडाले पत्रकार सम्मेलनमा भन्नुभयो ‘ तर सौर्य एयरलाईन्स जहाज दुर्घटनाको सन्दर्भमा यसको ठिक उल्टो अवस्था छ। जति घटना पुरानो भयो त्यति पीडा थपीदै गएको अवस्था छ। यसको मुख्य जिम्मेवार सौर्य एयरलाईन्सको व्यवस्थापन पक्ष, सरकारद्वारा गठित दुर्घटना अनुसन्धान आयोग र जिम्मेवार निकायहरु नै हुन्।’

खतिवडाले उर्जा मन्त्रालयलमा कार्यरत छोरी प्रिजालाई सौर्यको कृते कर्मचारी बनाएर ३४ करोड विमा रकम असुल्ने हर्कत भइरहेको भन्दै आपत्ती जनाउनु भएको छ।

खतिवडाले दुर्घटनाको मुख्य दोषी सौर्य एयरलाइन्सको व्यवस्थापन पक्ष रहेको खतिवडाको आरोप छ। ‘सौर्य एयरलाईन्स व्यवस्थापन पक्ष दुर्घटनामा मात्र दोषि छैन। अबैध उडानका अबैध यात्रुको कारण विमानको विमा वापतको करोडौ रकम प्रभावित हुने भएपछि उर्जा मन्त्रालयमा १२ वर्ष देखि कार्यरत मेरी छोरीको किर्ते हस्ताक्षर गरेर सौर्य एयरलाईन्सको कर्मचारी बनाइ मरणोप्रान्त कलंकित गरिएको छ ’ खतिवडाले भन्नुभयो ‘डुब्नै लागेको जाहाज कम्पनीको व्यवस्थापनपक्ष दुर्घटनाको मौका छोपी लासको ब्यापार गर्न खोज्दै छ। यस्तो गम्भिर अपराध हामीलाई किमार्थ स्वीकार्य छैन। अपराधिलाई कारबाहि हुनु पर्छ। यस विषयमा सम्बन्धित निकाय कारबाहि गर्न तत्पर नदेखिए न्यायका लागि अदालत गुहार्ने जानकारी गराउन चाहान्छु।’
खतिवडाले पत्रकार सम्मेलनमा बाचन गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठ यस्तो छ:

सौर्य एयरलाइन्स दुर्घटना र दुर्घटना छानबिन आयोगको प्रतिवेदन सम्बन्धमा पीडित परिवारको तर्फबाट रिपोटर्स क्लवमा २०८१ असोज ९ गते आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस नोट

सौर्य एयरलाईन्सको जहाज दुर्घटना भएको आज ठ्याकै दुई महिना भएको छ। यस दुई मासिक पूण्य तिथीको यस घडीमा दुर्घटनामा निधन हुनुभएका अठारैजनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। ‘समय घर्किदै जादा घटना विर्सदै जाने, घटना बिर्सदै गर्दा पीडा पनि कम हुने’ यो प्रकृतिको सास्वत नियम हो। तर सोर्य एयरलाईन्स जाहाज दुर्घटनाको सन्दर्भमा यसको ठिक उल्टो अवस्था छ। जति घटना पुरानो भयो त्यति पीडा थपीदै गएको अवस्था विद्यमान छ। यसको मुख्य जिम्मेवार सोर्य एयरलाईन्सको व्यवस्थापन पक्ष, सरकारद्वारा गठित दुर्घटना अनुसन्धान आयोग र जिम्मेवार निकायहरु नै हुन्। तसर्थ यस पत्रकार सम्मेलन मार्फत महत्वपूर्ण तथ्यहरु उजागर गर्दै यो प्रेस नोट जारी गरेको छु।

१. यस दुर्घटनाको मूख्य दोषि सौर्य एयरलाईन्सको व्यवस्थापन पक्ष हो। मर्मत गर्न लगिएको जाहाजमा नियम विपरितका मान्छे बोकेर मृत्युको मुखमा धकेलिएको छ।

२. चौतिस दिन देखि ग्राउण्डेड २१ वर्ष पुरानो जाहाज मर्मत नै नगरी कसरी उडान भर्न योग्य भयो ?
यसको दोषि को ?
३.
यो उडानलाई फेरी उडान भनिएको छ। फेरी उडानको उद्देश्य विमानको आधारभुत मर्मतसम्भार गर्नु थियो भन्ने अनुसन्धान प्रतिवेदनमा समेत उल्लेख छ। फेरी उडान गर्दा पाँच जना भन्दा बढि बोक्न नपाईने स्पष्ट नियम छ। तर फेरी उडानमा नियम विपरित उडानसँग असम्बन्धित व्यक्ति यात्रु किन बोकियो रु यस्तो गम्भिर विषयमा प्रतिवेदन किन मौन छ।

४. गैह्र सैनिक हवाई उडान नियमावली २०५२ को नियम १५ बमोजिम हरेक उडान गर्नु भन्दा पहिले सो उडानको हरेक कुरामा प्रमुख चालक सन्तुष्ट हुनुपर्ने प्रावधान छ। यदि कुनै उडान प्राविधिक पक्षले सुरक्षित छैन भन्ने प्रमुख चालकलाई लागेमा उनलाई उडान गर्न नेपालको र विश्वको कुनै पनि उड्डयन कानुनले बाध्यकारी बनाउदैन। यो दुर्घटनामा यदि वायुयान प्राविधिक तौलको कारणले नमिलेको भए , प्रमुख चालकले कुन दवाव र प्रलोभनले उडान गरेको हो ? यो विषयमा प्रतिवेदन किन मौन छ ?

५. सौर्य एयरलाईन्स व्यवस्थापन पक्ष दुर्घटनामा मात्र दोषि छैन। अबैध उडानका अबैध यात्रुको कारण विमानको विमा वापतको करोडौ रकम प्रभावित हुने भएपछि उर्जामन्त्रालयमा १२ वर्ष देखि कार्यरत मेरी छोरीको किर्ते हस्ताक्षर गरि किर्ते कागज तयार गरि सौर्य एयरलाईन्सको कर्मचारी बनाइ मरणोप्रान्त कलंकित गरिएको छ। डुब्नै लागेको जाहाज कम्पनीको व्यवस्थापनपक्ष दुर्घटनाको मौका छोपी लासको ब्यापार गर्न खोज्दै छ। यस्तो गम्भिर अपराध हामीलाई किमार्थ स्वीकार्य छैन। अपराधिलाई कारबाहि हुनु पर्छ। यस विषयमा सम्बन्धित निकाय कारबाहि गर्न तत्पर नदेखिए न्यायका लागि अदालत गुहार्ने जानकारी गराउन चाहान्छु।

६. सौर्य एयरलाईन्स व्यवस्थापन पक्षको अपराध यतिमा मात्र सिमित छैन। दुर्घटना अनुसन्धान आयोगलाई समेत आर्थिक प्रलोभनमा पारेर आफु अनुकुलको प्रतिवेदन तयार पार्ने भुमिकामा लागेको तथ्यहरुले पुष्टि गरेको छ । आयोग निर्माण गर्दा एयर ट्राफिक कन्ट्रोलरको रुपमा १५ वर्ष अनुभव प्राप्त गरेको र दुर्घटना सम्बन्धि तालिम प्राप्त र सेवा प्रदायकसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति मात्रै आयोगमा रहन सक्ने गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ मा उल्लेख छ तर योग्यता नै नपुगेका पाइलटका नाता पर्ने मुकेश डङ्गोल लाई आयोगको सदस्य सचिवमा र १५ वर्षे तालिम र अनुभव नभएका सुदिप भट्टराईलाई आयोग सदस्य बनाईएको छ।

७. घटना कसरी भयो रु दोषि कोहो भन्दा पनि कस्को थाप्लोमा दोष थोपर्ने भन्ने सोचबाट अनुसंधान शुरु गरिएको छ। अनुसंधानको प्रतिवेदनमा घटनाको कारण तौल र गतिको संतुलन उल्लेख छ। अनुसंधानको दायरा तोक्दा पनि पहिलो बुँदामै विमानको वजन र संतुलन उल्लेख छ। अर्थात वजन र संतुलनलाई नै मुख्य कारण बनाउन र मुख्य दोषिको रुपमा रहेको एयरलाईन्सको व्यपस्थापन पक्षलाई जोगाउन प्रतिवेदन केन्द्रीत छ।

८. आयोग आफ्नो कार्यादेशमा समेत स्पष्ट छैन । गैह्र सैनिक हवाई उडान ९दुर्घटना जाचँ० नियमावली,२०७१ बमोजिम ३० दिन भित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्नु पर्ने व्यवस्था छ। तर ४५औ दिनमा सरकार लाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा प्रारम्भिक प्रतिेवेदनको जानकारी अनुसंधान अघि बढ्दै जादा परिवर्तन हुनसक्छ भन्ने उल्लेख छ। आयोगको म्याद पनि थपीएको छैन। त्यसोभए अवको अनुसंधान कसले गर्छ रु पूर्ण प्रतिवेदन कसले तयार पार्छ। आयोगको काम चरम लापरवाहीपूर्ण छ।

९. प्रारम्भिक प्रतिवेदनको प्रस्तावनामा अनुसंधानको एकमात्र उद्देश्य भविश्यमा यस्तो दुर्घटना हुन नदिनु हो भन्ने उल्लेख छ। नियोजित प्रतिवेदनले कसरी भविश्यमा हुन सक्ने दुर्घटना रोक्न सक्छ ? आज सम्म कुन कुन प्रतिवेदनले कतिवटा दुर्घटना रोक्यो ?

१०. प्रतिवेदनले दोष र दायित्व बाडफाड गर्दैन भन्छ तर के कारणले घटना भयो रु यसका दोषि को को हुन् रु यसको जिम्मेवारी कसकसले लिनु पर्छ भन्ने अनुसंन्धानको विषय नबन्ने हो भने आयोग किन गठन गरियो रु प्रतिवेदनले दोष तोक्न वा नागरिक वा फौजदारी दायित्व निर्धाण गर्न यो प्रतिवेदन प्रयोग गर्नुहुदैन भन्छ।