अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती: सञ्चारमन्त्री गुरुङ

गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती: सञ्चारमन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया शिखर सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुलाई ज्ञान आदानप्रदानको अवसर दिएको बताउनु भएको छ।

बिहीबार काठमाडौंमा आयोजित तेस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलनमा उहाँले दुई देशको सम्बन्ध पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती, शिक्षा आदान प्रदानसम्म फैलिएको भन्दै यो सम्मेलनले सम्बन्ध विस्तारमा थप सहयोग गर्ने बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृिति र शिक्षा आदान प्रदानसम्म हाम्रो सम्बन्ध फैलिएको छ। दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउन समय-समयमा दुई देशका उच्चस्तरीय भ्रमणहरु भईरहेको छ। आगामी दिनमा पनि यो शिलशिला अगाडि बढ्ने आशा गरेको छु। यो सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुको लागि लाभ दिनुको साथै ज्ञान आदानप्रदानको अवसर दिने छ। नेपालका सञ्चार माध्यमहरुबीच सहयोग आदानप्रदानलाई प्रवद्र्धन गर्ने र दुई देशका नागरिकबीचको मित्रतालाई थप प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना भइरहेको हुनाले यो आफैंमा एकदमै महत्वपूर्ण छ।’

यस्तै, उहाँले चीन सरकारले नेपाललाई जलविद्युत निर्माण, सडक पूर्वाधार निर्माण, भूकम्पपछिको पुननिर्माण, कर्मचारीको क्षमता विकास, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिको विकास र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर रुपमा सहयोग गरिरहेको पनि बताउनुभयो।

यसको साथै, उहाँले स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, ‘कुनै पनि देशमा सन्तुलित विकास र सुशासन स्थापना गर्नका लागि सञ्चार माध्यमहरुले नियमित र सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ। गलत सूचना, अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको छ। स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले आफ्नो मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ।’