अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं-नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख ३ हजार ९७८ कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन बैंकको काठमाडौं लाजिम्पाटस्थित शेयर शाखामा दिन सकिनेछ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।