अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका यी १२ स्थानमा भारी वर्षा (सूची)

देशका यी १२ स्थानमा भारी वर्षा (सूची)


काठमाडौं-देशभर मौसम बदली र वर्षा भइरहेको छ। यस क्रममा बितेको २४ घण्टामा देशका १२ स्थानमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको आज बिहान ७:४५ बजेसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा यी १२ स्थानमा धेरै भारी वर्षा भएको हो। 

हेर्नुहोस् धेरै भारी वर्षाको सूची

-सिरहा हाइड्रोमा १०३.८ मिलिमिटर

-सप्तरीको कल्याणपुरमा १११.२ मिलिमिटर

-सप्तरीकै रुपणी बजारमा १२५.६ मिलिमिटर

-उदयपुरको सुन्दरपुरमा १३४.६ मिलिमिटर

-सप्तरीको बरमझियामा १६१.२ मिलिमिटर

-मोरङको विराटनगर एअरपोर्टमा १५१ मिलिमिटर

-झापाको गौरादहमा १३०.८ मिलिमिटर

-झापाकै केचनामा १७५.४ मिलिमिटर

-झापाकै चन्द्रगढी एअरपोर्टमा १०१.६  मिलिमिटर

-इलामको कन्याम टी स्टेटमा १०१.२ मिलिमिटर

-इलामको कन्काई मैनाचुलीमा ११७.२ मिलिमिटर

-कैलालीको धनगढी अत्तरियामा १०२.६ मिलिमिटर

मौसमविद्का अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।