अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चाडपर्व लक्षित सुरक्षाका लागि एमालेले गरायो सरकारको ध्यानाकर्षण

चाडपर्व लक्षित सुरक्षाका लागि एमालेले गरायो सरकारको ध्यानाकर्षण


काठमाडौं-नेकपा एमालेले चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षण गराएको छ। आज एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सरकारलाई चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो।

विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल सडकका खाल्डाखुल्डी पुर्न, धुलो नउड्ने बनाउन साँझ पानी छर्कने व्यवस्था गर्न एमालेले माग गरेको छ।

यस्तै, कालोबजारी नियन्त्रणका निम्ति अनुगमन संयन्त्र परिचालन गरी शूपथ मूल्य पसलहरू सञ्चालन गर्न पनि एमालेले आग्रह गरेको हो।

एमालेले सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गरिएको भट्टराईले जानकारी दिनुभयो।

साथै चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गरिएको छ।

ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ध्यानाकर्षण गराएर सरकारलाई घच्घच्याउने प्रयास सकारात्मक रहेको बताउनु भयो। उहाँले चाडपर्वका अवसरमा सरकारले नागरिकलाई दिनुपर्ने सेवामा कुनै कमी हुन नदिने आश्वासन दिनुभयो।