अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिबाट ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण

राष्ट्रपतिबाट ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएकाे छ। 

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ’, विज्ञप्तिमा लेखिएको छ।