अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाबाट प्रधानमन्त्री ओलीले भन्नुभयो: कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु, विपदको बेला हातेमालो गरौं

अमेरिकाबाट प्रधानमन्त्री ओलीले भन्नुभयो: कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु, विपदको बेला हातेमालो गरौं


काठमाडौं-संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताउनु भएको छ। असोज ४ गते अमेरिका प्रस्थान गरेका उहाँ १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो।

बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुहुन्छ, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु।’

प्रधानमन्त्री ओलीले विपदको बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न पनि अपिल गर्नुभएको छ।

राष्ट्रसंघको महासभालाई ओलीले असोज १० गते सम्बोधन गर्नुभएको थियो। त्यसअघि र पछि उहाँले विभिन्न सेसनमा भएका छलफलमा भाग लिनुका साथै साइडलाइन भेटवार्ता पनि गर्नुभएको थियो।

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एकजना घाइते भएका छन्।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन्।