काठमाडौं-नेकपा एमालेले अविरल वर्षापछिको बाढी र पहिरो पीडितको उद्धार र राहत विरतणको कार्यमा जुट्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रित कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो।
बैठकले पार्टीका कमिटीहरूलाई डुबान र पहिरो पीडितको उद्धार र राहतमा लगाउने निर्णय गरेको हो। पीडितको पक्षमा प्रभावकारी काम गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
एमालेले आगामी १६ असोजसम्म शुभकामना आदानप्रादनहरु स्थगित गरेको छ।
प्रतिक्रिया