अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ‘समाजिक सेवा केन्द्र’ले बाढीपहिरो पीडितलाई सहयोग गर्दै

एमालेको ‘समाजिक सेवा केन्द्र’ले बाढीपहिरो पीडितलाई सहयोग गर्दै


काठमाडौं-बाढीपहिरोका पीडितहरूको उद्वार र सहयोगमा निरन्तर जुटिरहेको नेकपा (एमाले) को ‘सामाजिक सेवा केन्द्र’ले बाढीपहिरोका पीडितलाई एक करोड बढीको सहयोग गर्ने भएको छ।

सामाजिक सेवा केन्दबाट अहिलेको विपदमा १ करोड रुपैया बराबरको राहात वितरणको काम भैरहेको सामाजिक सेवा केन्द्रका संयोजक मोतिलाल दुगडले जानकारी दिनुभयो।

काठमाडौं उपत्यका तथा देशभर भएको धनजन क्षतिलाई आत्मसाथ गर्दै सामाजिक सेवा केन्द्रले काम गरिरहेको उहाँले बताउनुभयो।

एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख तथा सामाजिक सेवा केन्द्रका संयोजक रहनुभएका दुगडले उद्धार तथा राहत वितरणमा सहयोग गरिरहेको जानाकारी दिनुभयो। देशभरको क्षति भैरहेको तथ्याङको आधारमा खटिइरहेको बताउनुहुँदै उहाँले तत्काल उद्धार गर्नुपर्नेहरुलाई उद्धार गरिरहेको साथै राहत चाहिनेलाई राहतको व्यवस्था गरिरहेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘ देशभरको क्षति भैरहेको तथ्याङको आधारमा खटिरहेका छौं। तत्काल उद्धार गर्नुपर्नेहरुलाई उद्धार गरिरहेका छौं। साथै आवश्यक राहात चाहिनेका लागि त्यसको समेत बन्दोबस्त गरिरहेका छौं।’

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीको निर्देशनमा यो काम भैरहेको संयोजक दुगडले बताउनु भयो।

२०७८ सालमा अर्थात् कोभिड-१९ ले जनजीवन प्रभावित भैरहेको अवस्थामा नेकपा एमाले परोपकार कार्य गर्न भन्दै नयाँ संरचना ‘सामाजिक सेवा केन्द्र’ गठन गरेको थियो। एमालेले समाजिक तथा मानव सेवाका लागि संस्था स्थापना गरेको हो।
समाजसेवा र मानवीय सेवाको नयाँ अभियान सञ्चालन ल्याएको एमालेले यसलाई निरन्तर जारी राखेको छ। प्रकृतिक प्रकोपका साथै सामाजिक समस्यामा समेत सहयोग प्रदान गर्दै आइरहेको छ।