काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ।
एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गर्नुभएको हो।अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णत: डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ। बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ। दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा .भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराउनुभएको थियो।
प्रतिक्रिया