अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सचिवालय बैठक

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्ण: एमाले

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्ण: एमाले


काठमाडौँ-सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको छ।

आज काठमाडौंको अनामनगरस्थित बसेरा होटलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले नेपालको प्रतिष्ठा बढेको निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिपूर्ण रह्यो’, महासचिव पोखरेलले बैठकपछि भन्नुभयो, ‘औपचारिक–अनौपचारिक भेटघाटले स्वाभाविक रूपमा नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने खालको काम भएको छ। त्यसबाट नेपालको प्रतिष्ठा वृद्धि गर्ने कुरामा सम्माननीय प्रधानमन्त्री र उहाँको टिमको भ्रमण उपलब्धिपूर्ण रहेको बैठकले निष्कर्ष निकालेको छ।’

बैठकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमो रु ५० लाख दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो ।

बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौँ जोड्ने सडक मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताउनुभयो । हालैको बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ । –