अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले ४ हजारभन्दा बढीको ज्यान जोगाएको छ, केही गर्दै नगरेको होइन: प्रधानमन्त्री ओली

सरकारले ४ हजारभन्दा बढीको ज्यान जोगाएको छ, केही गर्दै नगरेको होइन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानजस्तो विपत्तिमा सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको बताउनु भएको छ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो। उहाँले ४ हजारभन्दा बढी बाढीपहिरो पीडितलाई सरकारले उद्धार गरेको बताउनु भयो।

‘४ हजारभन्दा बढी मान्छेलाई रेस्क्यु नगरेको भए उहाँहरू बाँच्न सक्नुहुँदैन थियो। उहाँहरूको जीवन जोगाएको छ। यो कुरा पनि देख्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही गर्दै नगरेको होइन। सक्दो गरेको छ। केही कमजोरी भएका छन्, त्यसलाई आगामी दिनमा सच्याउनुपर्छ।’

उहाँले राज्यले यस प्रकारको वर्षा होला र क्षति होला भन्ने कुरा सरकारको अनुमान नभएको बताउनु भयो। ‘सरकारले गरेको पूर्वतयारीको कुराहरू यसअघिका अनुसार नै हुन्छ। ठूलै विपत्ति आइलाग्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रधानमन्त्री ओली यो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काम गर्नेमा लाग्ने बताउनुभयो। ‘यस्ता कुरामा हामी नेपाली एक हुनुपर्छ र साझा विपत्तिको सामना गर्नुपर्छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘विपत्तिले राजनीतिक रङ, पेसा व्यवसाय छुट्टाएर मर्का पारेको हुँदैन । कमीकमजोरी कहीँ छन् देखाउन सकिन्छ तर केही राम्रा कामपनि सरकारले गरेको होला ।’

उहाँले राजमार्गहरू निर्माणका क्रममा कतिपय ठाउँमा ढिलासुस्ती भएको हुनसक्ने भन्दै अहिले आएर ढिला भएको भन्न नमिल्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले यस दुःखबाट उम्केपछि पनि बिर्सन नमिल्ने भन्दै विपदका बेला शेयर मार्केट डाउन हुनु स्वाभाविक भएको बताउनु भयो।