अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीपी राजमार्गमा १२ किलोमिटर सडकको नाम निसाना छैन, तत्काल सञ्चालनमा ल्याउन कठिन: भौतिकमन्त्री दाहाल

बीपी राजमार्गमा १२ किलोमिटर सडकको नाम निसाना छैन, तत्काल सञ्चालनमा ल्याउन कठिन: भौतिकमन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीपहिरोका कारण बीपी राजमार्गमा १२ किलोमिटर सडकको नामोनिसान नरहेको बताउनु भएको छ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले सो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘बीपी राजमार्गमा १२ किलोमिटर सडकको नाम निसाना छैन।’

उहाँले बीपी राजमार्गमा अझै पनि ५०० को संख्यामा गाडीहरू रहेको र त्योभन्दा बढी संख्यामा मजदुरहरूको उद्धार गर्न बाँकी रहेको बताउनु भयो। ‘५०० को संख्यामा गाडी र सोभन्दा बढी संख्यामा मजदुर बीपी राजमार्गमा उद्धार गर्न बाँकी छ,’ मन्त्री दाहालले भन्नुभयो, ‘त्यो उद्धार गरेपछि उद्धारको काम सकिन्छ।’

बीपी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन कठिन हुने उहाँले बताउनु भयो। ‘बीपी राजमार्गबाहेक अरु राजमार्ग सञ्चालनमा ल्याउँदै छौँ,’ उहाँले भन्नुभयो।