अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाढीपीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीले उपलब्ध गरायो अत्यावश्यक राहत सामग्री

बाढीपीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीले उपलब्ध गरायो अत्यावश्यक राहत सामग्री


काठमाडौं-चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलहरुलाई बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराएको छ। कुल १ करोड ९० लाख ७० हजार रुपैयाँबराबरको सामग्री विभागले उपलब्ध गराएको हो। 

७५औँ चिनियाँ राष्ट्रिय दिसको अवसरमा विभागले काठमाडौं महानगरपालिका १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा एक कार्यक्रमबीच सहयोग उपलब्ध गराएको हो। 

कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सिन, नेपालका मुख्य राजनीतिक दलका प्रतिनिधि, ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसनको नेपालस्थित कार्यालयका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो।