अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैंभर काठमाडौं-नारायणघाट सडकमा ठूला गाडी चलाउन रोक

दसैंभर काठमाडौं-नारायणघाट सडकमा ठूला गाडी चलाउन रोक


काठमाडौं-दसैंभर नारायणघाट-काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक लगाइएको छ। यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

काठमाडौं भित्रने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको यो राजमार्गमा दशैंका समय यात्रुबाहक सवारी साधनको चाप अत्यधिक हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको विभागले उल्लेख गरेको छ। विभागका महानिर्देशक राजीव पोखरेलले औषधि र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी साधन सञ्चालन भएको पाइए आवश्यक कारबाही गर्ने चेतावनी दिनुभयो।

विभागको निर्णयअनुसार प्रहरीले ठूला सवारी साधनलाई काठमाडौं र नारायणघाटमै रोकेर राखेका छन्।  यातायात आवागमन सहज बनाउन भन्दै विभागले आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय पनि गरेको छ।