अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँबाट लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

काठमाडौँबाट लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते


काठमाडौं-काठमाडौँबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ यात्रु घाइते भएका छन्। 

नुवाकोटको शिवपुरी गाउँपालिका-८ काफलडाँडामा बा १४ च ३८५५ नम्बरको गाडी सडकबाट यात्रु ५८ वर्षका उपेन्द्र खनालको मृत्यु भएको हो। 

दुर्घटनामा ५ जना घाइते भएको नुवाकोट जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

गाडी आज बिहान करिब ८ बजे टोखा–छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।

 दुर्घटनामा चालक काठमाडौँको तारकेश्वर-१ का ४६ वर्षीय विश्वनाथ अधिकारी, यात्रुहरू नागार्जुन-३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर-९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएका हुन्। 

अन्य ४ घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको ग्रान्डी हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ।