अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राकृतिक विपत्तीका कारण प्रधानमन्त्री ओलीले यसपाली दशैंको शुभकामना कार्यक्रम आयोजना नगर्ने

प्राकृतिक विपत्तीका कारण प्रधानमन्त्री ओलीले यसपाली दशैंको शुभकामना कार्यक्रम आयोजना नगर्ने


काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले अढाइ दशकदेखि झापामा आयोजना गर्दै आउनु भएको दशैं लगायतका चाडपर्वको शुभकामना कार्यक्रम यस वर्ष नहुने भएको छ ।
प्रधामन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार देशमा अहिले बाढी पहिरोको विपत्ती परेकोले दशैंको शुभकामना आदान प्रदान गर्ने माहोल नभएकोले यस वर्षलाई सो कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले झापाको विर्तामोडमा सबै पार्टीका नेता कार्यकर्ता सहभागी गराएर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने परम्परा बसाउनु भएको थियो । २०५१ सालमा गृहमन्त्री भए पछि उहाँले निरन्तर शुभकामना कार्यक्रम आयोजना गर्ने गर्नुभएको थियो ।
एमाले झापा जिल्ला कमिटीका अध्यक्ष प्रेम गीरीका अनुसार प्रधानमन्त्री ओलीसँगको परामर्शमा कार्यक्रम स्थगित हुने आन्तरिक सर्कुलर पार्टी कार्यकर्ताहरुलाई गरिएको छ ।