अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कात्तिक ८ गते भित्र विद्युत बक्यौता तिर्न ४९ वटा उद्योगलाई प्राधिकरणको तागेता

कात्तिक ८ गते भित्र विद्युत बक्यौता तिर्न ४९ वटा उद्योगलाई प्राधिकरणको तागेता


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ ।

तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।

यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् ।
प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ ।

आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् प्राधिकरणले जारी गरेको सूचना