अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्पताल, विद्यालय कलेज बनाउन चन्दा लिन हुने, पार्टी कार्यालय बनाउन लिन नहुने ?

अस्पताल, विद्यालय कलेज बनाउन चन्दा लिन हुने, पार्टी कार्यालय बनाउन लिन नहुने ?


काठमाडौं-नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान दिएको विषयमा केही पक्षले आलोचना गरिरहँदा दान दिनु कुनै अस्वभाविक काम नभएको भन्दै समाजका विभिन्न क्षेत्रका व्यक्तिले त्यसको प्रतिवाद गरेका छन्। दान कुनै स्वार्थले नदिइने र एमालेले लुकिछिपी अवैद्य रुपमा दान दातव्य ग्रहण गरेको नभइ खुला सभा गरेर दानवीरले घोषणा गरेर दान दिएकोले यसलाई कुनै कोणबाट अस्वभाविक मान्न नसकिने उनीहरुको दाबी छ।

हालसम्म अधिकांश राजनीतिक पार्टीहरुले बनाएका पार्टी कार्यालय यस्तै दानदातव्य वा सरकारी सार्वजनिक जग्गामा नै निर्माण गरिएको उनीहरुको भनाइ छ। कतिपय अवस्थामा आफैंले ठूलो राशी दान गरेका व्यावसायिक क्षेत्रका व्यक्तिहरु यसलाई राजनीतिक दलहरुको स्वभाविक शैली पनि भनेका छन्।

प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले एमालेले मिनबहादुर गुरुङबाट जग्गा लिएको भनेर आलोचनाहरु गर्नेहरुलाई काँग्रेसले वषौं अघि मैयादेवी श्रेष्ठबाट जग्गा र भवन लिएको स्मरण गराउनु भएको छ। शेरचनले सामाजिक सञ्जालमा लेख्दै विश्वमा नै राजनीतिक दलहरु दान-दातव्यबाट सञ्चालन हुने गरेको उल्लेख गर्नुभएको छ। उहाँले माओवादी पार्टीको केन्द्रीय कार्यालय भवन पनि यसैगरी जुगाड भएको होला भन्ने शंसय व्यक्त गर्नुभएको छ। ‘मीनबहादुर, मैयादेवी र अन्य हजारौं दानवीरहरुले आफ्नो गच्छे अनुसार गाउँगाउँ, बजार-बजार र शहर-शहरमा अस्पताल भवनहरु, स्कुलहरु, कलेजहरु, हेल्थपोस्टहरु, बाटोहरु, घाटहरु, चौतारीहरु, पाटीपैवाहरू र मनले खाएके राजनैतिक पार्टीलाई पनि सहयोग गर्न सक्छन्। यो उनीहरुको स्वतन्त्रताको कुरा हो। स्वतन्त्रताको वकालत गर्नेहरुले अरुको स्वतन्त्रतालाई पनि सम्मान गर्नु जरुरी छ। सबै दानमा स्वार्थ जोडिएको हुँदैन। शेरचनले लेख्नु भएको छ।

एमालेको समर्थक मीनबहादुरले आफ्नो पार्टीलाई जग्गा दान गर्नु अनौठो नभएको निर्माण व्यावसायी मदन अधिकारीको धारणा छ। पार्टीलाई जग्गा दान दिएको विषयमा निरन्तर पक्षपोषण गरिरहनु भएका अधिकारीले सम्पती आर्जन गरेपछि उदारतापूर्वक एमालेलाई सहयोग गर्नुलाई अनौठो मान्नै नहुने बताउनुहुन्छ। ‘कमाउनेले बाँड्न पनि जान्नु पर्दछ’ अधिकारीले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘मीनबहादुर भन्दा बढी सम्पती आर्जन गर्नेहरुले पनि यो प्रकरणको विरोध गरेको देख्छु। तर उनीहरुले दान गरेको कतै देखेको सुनेको छैन।’

पेशागत महासंघ नेपालका महासचिव केदारप्रसाद देवकोटा दानको समाजशास्त्र सम्झाउदै गाउँघरमा सामुदायिक भवन बनाउन,आमा समुहको भवन बनाउन, विद्याल, क्याम्पस बनाउन सक्नेले क्षमता अनुसार दान गर्ने चलनै भएको बताउनुहुन्छ। ‘गाउँघरमा लगाइने महायज्ञमा हुने सक्नेले रोपनीका रोपनी जग्गा दान गरेकै हुन्छन्’ देवकोटाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘मीनबहादुरलाई एमालेलाई सहयोग गर्ने इच्छा लाग्यो। गरे भन्नुभएको छ मीनबहादुरले एमालेलाई सहयोग गर्न नपाउने हो र ?’

पार्टीलाई बुझाउने लेवी तिर्न,साँसद,मन्त्री तथा अन्य राजनीतिक नियुक्तीमा भएकाले पार्टीलाई बुझाउनु पर्ने रकम बुझाउनु पर्दा दाँतबाट पसिना निकाल्नेहरुले नै विरोध गर्नु बाञ्छनीय नभएको देवकोटाको भनाइ छ।