अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मीनबहादुरको मुद्दा र जग्गा दानको कुनै साइनो छैन: एमाले

मीनबहादुरको मुद्दा र जग्गा दानको कुनै साइनो छैन: एमाले


काठमाडौं नेकपा एमालेले पार्टी कार्यालय निर्माणका सम्बन्धमा विभिन्न पक्षबाट आएका टिप्पणीप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्ति प्रकाशन गरेर पार्टीका शुभेच्छुक एकजना व्यावशायीले सहयोग गर्ने विषयलाई अतिरञ्जना नगर्न आग्रह गरिएको छ।

असोज २५ गते भाटभटेनीका मालिक व्यवशायी मीनबहादुर गुरुङले कीर्तिपुर नगरपालिका २ मा १० रोपनी १४ आना जग्गा दान दिनुभएको थियो । उक्त जग्गामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अत्याधुनिक भवनको शिलान्यास गर्नुभएको छ। भवन निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च गुरुङले व्योहोर्ने प्रतिबद्धता जनाउनु भएको छ।

‘२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि हामी उपयुक्त कार्यलयको खोजीम थियौं। यसक्रममा कहिले धुमबराहीमा त कहिले थापाथलीमा बस्नुपर्यो’ गौतमले भन्नुभयो ‘हाल कार्यलय भएको च्यासलमा यसवर्ष मात्र चारपटक बाढीले डुबेर महत्वपूर्ण दस्तावेजहरु सखाप भए । यस्तो अवस्थामा उपयुक्त ठाउँको खोजी गर्ने क्रममा एक सफल व्यावशायी स्वेच्छाले यो जग्गा उपलब्ध गराउनुभएको हो।’

गौतमले जारी गरेको विज्ञप्तीमा गुरुङ विगतमा एमालेका जनवर्गीय र शभेच्छुक संगठनका विभिन्न कमिटीमा कार्यरत रहेको विरण पनि उल्लेख गरिएको छ। पार्टीको गत वैशाख ८ र ९ गते भएको प्रतिनिधी परिषद बैठकले पनि हरेक पार्टी सदस्यबाट चन्दा संकलन गरेर कार्यलय भवन बनाउने निर्णय गरेको स्मरण गराइएको छ। उक्त बैठकले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिती गठन गरिएको थियो।

विज्ञप्तीमा गुरुङलाई चलिरहेको मुद्धा र जग्गा दानको कुनै साइनो नभएको पनि प्रष्ट पारिएको छ। ‘उहाँका बारेमा बिचाराधिन मुद्धामा उहाँ आफैंले फेस गर्ने हो’ विज्ञप्तीमा भनिएको छ ‘संविधान र कानुन भन्दा माथी कोही छैन।’