अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा


काठमाडौँ-स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ।