अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन

पोखरामा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन


पोखरा-जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्र तोडेर रास्वपाले प्रदर्शन गरेको छ। कास्की जिल्ला अदालत, शहीदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल समेत भइरहेको छ।

अहिले पनि रास्वपाका नेता–कार्यकर्ताले रवि पक्राउको विरोधमा शहीदचोकमा नाराबाजी गरिरहेका छन्। निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। पोखरामा रास्वपाको आन्दोलनबाट हुनसक्न सम्भावित जोखिम रोक्नका लागि सुरक्षा तैनाथी बढाइएको छ।

त्यहाँ प्रदर्शन निषेधित क्षेत्र घोषणा गरिएको छ ।  राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।  सहकारी पीडितहरूले पनि राष्ट्र बैंक चोकमा प्रदर्शनका लागि उपस्थित हुन भनेका छन् ।