अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकसँग छलफल गर्नुहुँदै

सभामुख घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकसँग छलफल गर्नुहुँदै


काठमाडौं-सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरूलाई छलफलका लागि बोलाउनुभएकाे छ।

सभामुख घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई बिहान साढे ११ बजे छलफलका लागि बाेलाउनुभएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ।

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाउनुभएको हो।

बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा दवाफार छलफलका लागि विभिन्न विधेयकहरु छन्।