अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको १०० दिनको उपलब्धि आज सार्वजनिक गर्दै हुनुहुन्छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गत ३० असारमा चौथो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा सरकारका महत्वपूर्ण कार्य र उपलब्धिहरू सार्वजनिक गर्न लागेका हुन् ।

यसैबीच, उपलब्धि सार्वजनिकीकरण कार्यक्रम अघि प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलहरूसँग छलफल गर्न बिहान बैठक बोलाएका छन् । बैठक केहीबेरमा बस्दैछ ।