अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनले फेरि बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

सुनले फेरि बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड


काठमाडौं-आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।