अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समितिमा अड्किएका विधेयक चाँडो पारित गरेर सदनमा पठाउन सभामुखको निर्देशन

समितिमा अड्किएका विधेयक चाँडो पारित गरेर सदनमा पठाउन सभामुखको निर्देशन


काठमाडाैं-सभामुख देवराज घिमिरेले संसदीय समितिहरुलाई समितिमा विचाराधीन विधेयकमाथिको छलफल सकेर संसद्‌मा पेस गर्न निर्देशन दिनुभएकाे छ ।

संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई साेमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले समितिमा रहेका सबै विधेयकलाई पारित गरेर संसद्‌काे आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिनुभएकाे हाे । 

बैठकमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ ? भनेर चासो देखाउनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो ।

बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिनुभएको थियो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले भन्नुभयो- ‘हामी समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरम समेत नपुगेको कुरा सभामुखसँग राख्यौं ।’

एमालेका प्रमुख सचेतक बर्तौलाले सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिनुभएको जानकारी दिनुभयो ।