अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली यो देशको राष्ट्रनायक हुन्: प्रकाश भुजेल 

केपी ओली यो देशको राष्ट्रनायक हुन्: प्रकाश भुजेल 


भक्तपुर-तान्त्रिक प्रकाश भुजेलले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  ‘देशका राष्ट्रनायक’ भन्दै प्रशंसा गर्नुभएको छ।

भुजेलले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई त्यसो भने बापत ‘झोले’ भन्ने आरोप आउने सम्भावना रहेको उल्लेख गर्दै ‘स्वतन्त्र नागरिक’को हैसियतले खुलेर बोल्ने अधिकार प्रयोग गर्ने बताउनुभएको छ। 

‘यो देशको राष्ट्रनायक राजनेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, आज मैले केपी शर्मा ओलीसँगको पोष्ट हाल्दै गर्दा मलाई धेरै झोले भनेर गाली आउला तर म एक स्वतन्त्र नागरिक हुँ, स्वतन्त्र नागरिकको हिसाबले बोल्नु पर्दा खेरि शायद यो देशले केपी शर्मा ओली जस्तो नेता कमै पाउँछ’, उहाँले ओलीसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ।

उहाँले अन्य नेतालाई लक्ष्य गरेर आलोचना गरेको नभई आफूलाई राम्रा कामबाट प्रभावित पार्ने व्यक्तिको क्षमताको आधारमा मूल्याङ्कन गर्ने स्पष्टीकरण दिएका छन्। भुजेलले नागरिकले ‘राम्रोलाई राम्रो’ र ‘नराम्रोलाई नराम्रो’ भन्न सक्नुपर्ने बताउँदै आफू त्यही सिद्धान्तमा अडिग रहेको दाबी गर्नु भएको छ। ‘फेरि मैले अरूलाई नराम्रो भनेर भन्न खोजेको पनि होइन, जो व्यक्तिको हामी कामबाट प्रसन्न हुन्छौँ उहाँहरूको क्षमताको आधारमा हामीले बोल्नै पर्छ, हामी स्वतन्त्र व्यक्ति भएका कारणले राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो, जसले जे गर्छ त्यो अनुसार हामीले बोल्नै पर्छ, म बोल्छु नै, त्यस कारण मलाई गालीसँग डर छैन, फलेको हाँगो जहिले झुक्छ र फलेको रुखलाई सबैले ढुङ्गा हान्नु स्वाभाविकै हो, हामीले बुझ्नुपर्छ-जब हामीमाथि आक्रमण हुन्छ हामीमाथि केही रहेछ भनेर बुझ्नुपर्छ’, उहाँले लेख्नु भएको छ ।

Skip This