अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा नेपाल संवत् ११४५ को शुभकामना

सभामुख घिमिरेद्वारा नेपाल संवत् ११४५ को शुभकामना


काठमाडौँ-सभामुख देवराज घिमिरेले नेपाल संवत् ११४५ को अवसरमा नयाँ वर्ष नेपाल संवत्् ११४५ ले सबै नेपालीहरूको जीवनमा सफलता, नयाँ उत्साह र उमङ्ग ल्याउन प्रेरणा प्रदान मिलोस् भन्ने शुभकामना दिनुभएको छ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत्् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल संवत््को नयाँ वर्षले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास लिनुभएको छ।

“नेपाल संवत्् ९नेवाः संवत््० नेपालको प्रमुख परम्परागत संवत्् हो, जसले नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई प्रतिनिधित्व गरेको छ, यो संवत्् मूलतः नेवार समुदायको आर्थिक स्वतन्त्रता र उनीहरूको समाज सुधारको ऐतिहासिक प्रसङ्गसँग जोडिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “नेपाल संवत्् विशेषतः नेवार समुदायमा लोकप्रिय छ, यसको आधारमा विभिन्न सांस्कृतिक पर्वहरू, जात्रा, र रीतिरिवाज मनाइन्छन्, नेपाल संवत्् नेपालको मौलिकता र सांस्कृतिक समृद्धिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको छ।”

विसं २०६५ मा राष्ट्रिय मान्यता पाएको नेपाल संवत््लाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवत््का रूपमा स्थापित गर्न जरुरी भएको र हरेक मौलिक परम्परा तथा संस्कृतिको जर्गेना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व सन्देशमा उल्लेख गरिएको छ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी सुरु गर्नुभएको नेपाल संवत््लाई नेपालको मौलिक संवत््को रुपमा लिइन्छ । नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।