पोखरा- पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताले गरेको प्रदर्शन गरेका छन्। सोहीबीच प्रहरीसँग झडप भएको छ।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए। रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए।
सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास प्रहार गरेको हो। निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेकाका कारण सात जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो।
यस्तै प्रहरीले रास्वपा कार्यकर्ताहरूले गरिरहेको आन्दोलनमा माइकिङ गर्न प्रयोग भएको गाडीको चाबी प्रहरीले खोसेको छ। मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरेपछि प्रहरीले चाबी खोसेको हो।
प्रतिक्रिया